Hotel Flora Long Ad

धनगढीमा गरीएको कोरोना परीक्षणमा थप ५६ जनामा सङ्क्रमण पुष्टि

धनगढी । धनगढीमा गरीएको कोरोना परीक्षणमा थप ५६ जनामा सङ्क्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ४ सय ६७ नमुना परीक्षण गर्दा ५६जनाको रिपोट पोजेटिभ र ४ सय ११जनाको रिपोट नेगेटिभ आएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए ।

उनका अनुसार सङ्क्रमितहरूमा धनगढीका मात्रै १५पुरुष र १४ महिला गरी २९ जना छन । कैलालीका अन्य स्थानका ९ पुरुष र ५ महिला गरी १४ जना छन् । कैलालीबाहिरका ८ पुरुष र ५ महिला गरी १३ जना छन् ।

गत २४ घण्टामा २जना अस्पतालबाट सङ्क्रमण मुक्त भएर घर फर्किएका छन भने १० जना नयाँ सङ्क्रमित अस्पताल भर्ना भएका छन् । अहिले अस्पतालमा ५२ सङ्क्रमित उपचाररत छन् ।


२० जेठ २०७८, बिहीवार १५:५६ बजे प्रकाशित

Dhangadi Corona

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु