punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

देशभर थप १८७ संक्रमितको मृत्यु, ८०४६ संक्रमित थपिए

Chaupati
safha napa

नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ४६ जनामा कोरोना पुष्टि भएको छ । यससंगै नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या एक लाख ९ हजार ७४० पुगेका छन् ।

पछिल्लो २४ घण्टामा १७ हजार ९७१ पिसिआर परिक्षण भएको छ भने नेपालमा अहिलेसम्म कुल पिसिआर २७ लाख ५१ हजार ४८१ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ५ हजार ४५५ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ७४।४ रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै अहिले देशभर संस्थागत आइसोलेसनमा ७ हजार ९६९ जना रहेका छन् भने होम आइसोलेसनमा एक लाख एक हजार ७७१ रहेका छन् ।

त्यस्तै अहिले नेपालमा १३३१ जना कोरोना संक्रमित आइसीयुमा उपचारत रहेका छन् भने ३७० जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १८७ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ४८५६ रहेको छ ।

यसरी नेपालमा अहिले कोरोना संक्रमणबाट मृत्यु हुनेको प्रतिशत १।०८ रहेको मन्त्रालयले जानकारी दिएको छ ।


१ जेठ २०७८, शनिवार १८:३० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु