धनगढीका हमाल दाजुभाईद्वारा सेती प्रादेशिक अस्पताललाई ३ लाख रुपैयाँ सहयोग
कोरोना संक्रमितको व्यक्तिको उपचारका सहया्ेग पुगोस् भनेर अक्सिजन खरिदका लागि भन्दै धनगढीका हमाल दाजुभाईले सेती प्रादेशिक अस्पताललाई आर्थिक सहयोग गरेका छन् ।
अस्पतालमा संक्रमितको उपचाररतका लागि अत्यावश्यक अक्सिजन अभाव भएपछि दिनेश सञ्चार गृहका प्रबन्ध निर्देशक गोपाल हमाल र दिनेश सोपका कार्यकारी अध्यक्ष देवेन्द्र हमालले अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर हेमराज पाण्डेलाई तीन लाख रुपैयाँ हस्तान्तरण गरेका हुन्।
अब सरकारको भर परिरहने अवस्था नआएको भन्दै आफूहरुले अस्पतालमा अक्सिजनको जोहो गर्न सजिलो होस् भनेर आर्थिक सहयोग गरेको दिनेश सञ्चार गृहका प्रबन्ध निर्देशक हमालले बताए । उनले सबैले आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्नुपर्ने धारणासमेत राखे ।
पछिल्लो समय कोरोनाको दोस्रो लहर फैलिएपछि संक्रमण र मृत्युदर विकराल रुप लिएको छ। विरामीको चाप बढेसंगै अक्सिजन अभाव हुँदा कैयौंले ज्यान गुमाइरहेका छन् । अस्पतालले सहयोगी हातहरुलाई अक्सिजन सहयोगको अपील गर्दै आएको छ।
३० वैशाख २०७८, बिहीवार १५:४३ बजे प्रकाशित































