punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

माधव नेपालसहित २७ सांसदले बुझाए स्पष्टीकरण

Chaupati
safha napa

नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालसहित २७ जना सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ बुझाएका छन्।

एमाले संसदीय दलका नेता समेत रहेका ओलीले सोमबार तपाइँहरूलाई सांसद पदबाट किन कारबाही नगर्ने भनेर नेपाल, झलनाथ खनाल, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसालसहित २७ सांसदलाई स्पष्टीकरण सोधेका थिए।

बिहीबार सोही स्पष्टीकरणको जवाफ दिइएको नेताहरूले बताए । एमाले संसदीय दलका नेता विशाल भट्टराईले जवाफ आउने क्रम जारी रहेको बताएका छन्।

बुधबारदेखि नै स्पष्टीकरण आउन शुरु गरेको उनले बताए। उहाँहरूको स्पष्टीकरण आउने क्रम जारी छ, बुझ्दैछौं। सामूहिक भन्दा पनि व्यक्तिगत रूपमा बुझाइरहनु भएको भट्टराईले जानकारी गराए ।


९ वैशाख २०७८, बिहीवार १३:५७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु