कैलालीमा मोटरसाइकल दुर्घटना हुदाँ एक जनाको मृत्यु , एक घाइते

कैलालीको टीकापुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा टिकापुर नगरपालिका १ बस्ने ६० वर्षीय राजु चन्द रहेको प्रहरीले जनाएको छ ।

सत्तिबाट टिकापुर जाने क्रममा टिकापुर ५ मौरानियामा चन्दले चलाएको से ७ प १३४८ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका चन्दलाई उपचारका लागि कोहलपुर लैजाने क्रममा मृत्यु भएको हो । यस्तै मोटरसाइकल पछाडी सवार रहेका सोही ठाउँका ४५ वर्षीय अनिल जोशी घाइते भएका छन्।

टाउकोमा चोट लागेका उनको नेपालगन्जमा उपचार भैरहेको छ ।


६ वैशाख २०७८, सोमवार ०९:३१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु