punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

ओलीले बोलाएको महाधिवेशन आयोजक कमिटी बैठकमा नेपाल–खनाल सहभागी नहुने

Chaupati
safha napa

नेकपा एमालेले महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएको छ। सोमबार बिहान ११ बजे प्रधानमन्त्री ओलीले सरकारी निवास बालुवाटारमा बैठक बस्ने गरी बोलाइएको हो।

केन्द्रिय सदस्य ठाकुर गैरेका अनुसार बैठकमा एमालेका बरिष्ठ नेताहरू माधवकुमार नेपाल र झलनाथ खनालले सहभागिता नहुने भएका छन ।

अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सबैजसो पदाधिकारीको जिम्मेवारी खोसेर महाधिवेशन आयोजक कमिटी बनाएपछि पहिलो पटक बैठक बस्न लागेको हो।

ओलीले पदाधिकारीको जिम्मेवारी खोसेर महाधिवेशन आयोजक कमिटी बनाएपछि एमालेभित्रको खनाल–नेपाल समूह असन्तुष्ट हुँदै समानान्तर गतिविधि गर्दै आएको छ। समानान्तर कमिटीसमेत गठन गरिरहेको खनाल–नेपालका चार शीर्ष नेतालाई ओलीले ६ महिनाका लागि पार्टीबाट निलम्बन गरेका छन्।


६ वैशाख २०७८, सोमवार १०:०९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु