punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नयाँ सरकार गठनबारे निर्णायक छलफल हुँदै, देउवाले बोलाए यी तीन नेता

Chaupati
safha napa

प्रधानमन्त्रीको राजीनामा मागे पनि नयाँ सत्ता समीकरणबारे नबोलेको कांग्रेसले अन्य दुई पार्टीलाई जुटाउने अग्रसरता देखाएको छ। कांग्रेस, ? केन्द्र र जनता समाजवादी पार्टी ९जसपा०का शीर्ष नेताहरू शुक्रबार ‘निर्णायक’ छलफलमा जुट्दै छन्।

कांग्रेस सभापति शेरबहादुर देउवाले माओवादी अध्यक्ष पुष्पकमल दाहाल, जसपाका अध्यक्ष महन्थ ठाकुर र संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईसहितका नेताहरूलाई छलफल गर्न पार्टी कार्यालय सानेपामा बोलाएका हुन्।

कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले समसामयिक परिस्थितिबारे साझा धारणा बनाउन बैठकको आयोजना गरिएको बताए। तीन दलबीच प्रतिनिधिसभा पुनःस्थापनापछिको अवस्था, नयाँ सत्ता समीकरणका विषयमा छलफल हुने जनाइएको छ।

तीन दलबीच वार्ता हुने भएपछि कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सारिएको छ। चैत २७ गते शुक्रबार बस्ने भनिएको बैठक ३० गते सोमबार दिनको २ बजे बस्ने पौडेलले प्रेस विज्ञप्तिमार्फत जनाएका छन्।

यसअघि शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने, आफ्नै नेतृत्वमा नयाँ सरकार गठनको पहल गर्ने निर्णय गरेको थियो।

‘सम्मानित सर्वोच्च अदालतले संसद् पुनःस्थापना गरेको महिना दिन पुग्न लाग्दा समेत प्रधानमन्त्रीले पदत्याग गरेर मार्गप्रशस्त नगरेपछि कांग्रेस केन्द्रीय कार्यसमितिको यो बैठक उहाँको राजीनामा माग गर्दछ, साथै नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय गर्दछ’, कांग्रेसको निर्णय थियो।

तर, नयाँ सत्ता समीकरणका लागि निर्णायक देखिएको जसपाले कुन पक्षलाई साथ दिने भनेर निर्णय लिएको छैन। अन्नपूर्णमा खबर छ ।


२७ चैत २०७७, शुक्रवार १०:०० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु