punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सम्पादक कुँवर पत्रकार महासँघको सदस्यमा विजयी

Chaupati
safha napa

मर्निङ बेल मिडिया हाउसद्वारा सञ्चालित यस मर्निङ बेल डेली डटकम तथा मर्निङ बेल दैनिकका कार्यकारी सम्पादक अंकुश कुँवर नेपाल पत्रकार महासङ्घ कैलाली शाखाको सदस्यमा निर्वाचित भएका छन् ।

हिमालय जोशी प्यानलबाट ७७ मत प्राप्त गर्दै सदस्यमा विजय प्राप्त गरेका हुन् । कुँवरसहित सदस्यमा ९ जना विजयी भएका छन् । जसमध्ये तीन जना अर्को प्यानलबाट विजयी भएका हुन् ।

महासङ्घको कैलाली शाखाको लागि श्रवण देउवा र हिमाल जोशीको प्यानल चुनावी मैदानमा थियो । जसमा अधिकांश पदसहित जोशी प्यानल विजयी भएको छ ।

देउवा प्यानलबाट खुला सदस्य तीन जना विजयी भएका हुन् । दुबै प्यानलबाट उम्मेद्वारी दिएका दुई जना अगाडिनै निर्विरोध भैसकेका थिए ।


२७ चैत २०७७, शुक्रवार ११:२४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु