निसर्ग अस्पतालमा मेरुदण्डको सफल शल्यक्रिया सम्पन्न
धनगढीको निसर्ग अस्पतालमा मेरुदण्डको सफल शल्यक्रिया सम्पन्न भएको छ । डोटीको आदर्श गाउँपालिका ७ की हरिना विष्ट घाँस काट्न जाँदा अचानक भीरबाट लडेर घाईते भएकी थिईन् ।
चैत्र १४ गते बिहान घर नजिकैको भीरमा घाँस काट्ने क्रममा लडेपछि उनको टाउकोमा गम्भीर चोट मात्रै लागेन टाउको र गर्दनलाई जोडाउने मेरुदण्डको हड्डी समेत भाँचिएको थियो । स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई उपचारका लागि धनगढीस्थित निसर्ग हस्पिटल एन्ड रिसर्च सेन्टरमा ल्याइएको थियो।
निसर्ग हस्पिटलका न्यूरो सर्जन डाक्टर सुरेश सापकोटा, हाडजोर्नी रोग विशेषज्ञ डाक्टर श्रीराम खाती, ओमकार विष्ट, एनेस्थेसियोलोजिस्ट डाक्टर हेमन्त ओझा, यादब जोशी, सुरज सुबेदी, लक्ष्मी खत्री, कल्पना बुढालगायतको टिमले विष्टको शल्यक्रिया गरेको थिए।
२६ चैत २०७७, बिहीवार १९:१० बजे प्रकाशित































