दार्चुलामा भिरबाट लडेर एक जनाको मृत्यु
दार्चुलामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको लेकम गाउँपालिकामा –५ अम्कुर, बस्ने देबसिह बोहराका छोरा अन्दाजि ३५ बर्षीय रामसिह बोहराको भिरबाट लडेर मृत्यु भएको हो ।
जयपुर सामुदायिक बनमा काठ चिरान गरी बुधबार साझसम्म घर नफर्कदा परिवारले खोज तलास गर्दा बिहिवार बिहान १० बजे तिर जयपुर सामुदायिक बनको जेठबहुरानी नजिक भिरबाट लडेर मृत्यु भएको अवस्थामा बोहराको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । घटनाको थप अनुसन्धान भईरहेको प्रहरी कार्यालयले जनाएको छ ।
२६ चैत २०७७, बिहीवार १९:०१ बजे प्रकाशित































