नेपाल पत्रकार महासंघ सुदूरपश्चिमको अध्यक्षमा रावल निर्वाचित
नेपाल पत्रकार महासंघसुदूरपश्चिम शाखाको अध्यक्षमा योगेश रावल निर्वाचित भएका छन् ।
रावलले आफ्ना प्रतिद्न्दी कृष्ण ओलीलाई पराजीत गर्दै निर्वाचित भएका हुन् । विगत २१ वर्षदेखि पत्रकारितामा सक्रिय रहेका योगेश रावल कैलालीका पत्रकार हुन्।
नागरिक दैनिकमा टीकापुरबाट काम गर्दै आएका रावल नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिका निवर्तमान महासचिव समेत हुन्। अघिल्लो चुनावमा रावल प्रेस युनियनबाट महासचिवमा निर्वाचित भएका थिए।
२६ चैत २०७७, बिहीवार १८:४६ बजे प्रकाशित































