punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पार्टी फुटाउन खोजेको होइन, एमालेकै ब्यानरमुनि छौँ : नेता भट्टराई

Chaupati
safha napa

नेकपा एमालेका स्थायी कमिटी सदस्य योगेश भट्टराईले आफूहरुको उद्धेश्य विभाजन नरहेको जानकारी गराएका छन्। ललितपुरको सानेपामा जारी माधव नेपाल समूहको राष्ट्रिय भेलाको पहिलो दिनको सत्रपछि पत्रकारहरुसँग कुरा गर्दै नेता भट्टराईले यसो बताएका हुन्।

आजको भेला छुट्टिएर अलग्गै पार्टी बनाएर जान गरिएको होइन, यो मिल्ने उद्देश्यसहित गरिएको उनले बताए । एमालेबाट छुट्टिन गरिएको होइन यो कार्यक्रम, त्यसो भए त अलग्गै ब्यानरमा हुने थियो । पार्टी निर्माण गर्न हामीले ठूलो भूमिका खेलेको उनले बताए ।

उनले एमालेलाई फुट्न नदिने पनि तर्क गरे। यो पार्टी फुट्न हामी दिँदैनौँ, यो भेला हाम्रो पार्टीको सुदृढ एकताका लागि राखिएको उनले बताउदै हामीले सर्वोच्चको फैसला अनुसार मिल्ने बिन्दु २०७५ जेठ २ लाई नै बनाउनुपर्ने बताए ।

नेता भट्टराईले कर्णाली प्रदेशमा महेन्द्रबहादुर शाही नेतृत्वको सरकारलाई समर्थन फिर्ता नगरिएको पनि बताए। उनका अनुसारकर्णाली प्रदेशमा एमाले र माओवादी सम्मिलित सरकार छ । त्यो सरकारप्रतिको समर्थन अहिलेसम्म कायम रहेको उनले बताए ।


४ चैत २०७७, बुधवार १८:१७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु