punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कक्षा ११ को परीक्षाफल प्रकाशित, ७८.६३ प्रतिशत विद्यार्थी उतीर्ण

Chaupati
safha napa

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाको नतिजा प्रकाशित गरेको छ। कक्षा ११ को आंशिक/ग्रेड वृद्धि परीक्षार्थीहरुको परीक्षाफल प्रकाशित गरिएको बोर्डले जनाएको छ।

बोर्डका अनुसार परीक्षामा सम्मिलित परीक्षार्थीमध्य ७८.६३ प्रतिशत विद्यार्थी उतीर्ण भएका छन्। परीक्षामा १ लाख ६७ हजार २४१ जना परीक्षार्थी सामेल भएका थिए ।

परीक्षाको नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेवसाइट, नेपाल टेलिकमको वेवसाइट र एसएसएस सेवाबाट हेर्न सकिने बोर्डले जनाएको छ।

नेपाल टेलिकमको १६०० मा NEB<space>Symbol No.टाइप गरी पठाएर नतिजा हेर्न सकिने छ भने १६०१ मा फोन डायल गरी नतिजाबारे जानकारी लिन सकिने छ।


४ चैत २०७७, बुधवार १९:०४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु