रुखले च्यापिएर एक जनाको मृत्यु
रुखले च्यापिएर एक जनाको मृत्यु भएको छ। अछामको रामारोशन गाउँपालिका–५ तल्लो पातल निवासी रनसिंह बटालाको रुखले च्यापिएर घटना स्थलमै मृत्यु भएको हो।
ढलेको रुख काटिरहेको बेला रुखले च्यापिएर मृत्यु भएको उनका आफन्तले बताए । मृतकको आजै कैलाशखोलामा दाहसंस्कार गरिसकिएको छ।
४ चैत २०७७, बुधवार १८:०४ बजे प्रकाशित































