punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

थप ११४ जनामा कोरोना संक्रमण पुष्टि, ९४ जना निको भए

Chaupati
safha napa

नेपालमा मंगलबार थप ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ४२४ पुगेको छ ।

त्यस्तै थप ९४ संक्रमित निको भएका छन् भने हालसम्म नेपालमा २ लाख ७१ हजार ४९५ संक्रमित निको भएका छन् ।

गत २४ घण्टामा कुनै कोरोना संक्रमितको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा तीन हजार १४ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

हाल नेपालमा ९१५ जना आइशोलेशन र ५१ जना क्वारेन्टाइनमा छन् भने २२ लाख २१ हजार ५१२ वटा पिसिआर गरिएको मन्त्रालयले जनाएको छ ।


३ चैत २०७७, मंगलवार १७:४१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु