Hotel Flora Long Ad

केटीएम मोटरसाइकलको मूल्य अझै बढ्यो, कति पुग्यो ?

नेपाली बजारमा केटीएम मोटरसाइकलको मूल्य थप बढेको छ। केटीएम बाइकको अधिकारिक वितरक गोल्छा ग्रुपले चैत १ देखि नै लागू हुने गरी मोटरसाइकलको मूल्य बढाएको हो ।

कम्पनीले सार्वजनिक गरेको नयाँँ मूल्यसूचीअनुुसार केटीएम २५० सेग्मेन्टको मूल्य १५ हजार रुपैंयाले बढाएर ६ लाख ७४ हजार ९ सय रुपैयाँ तोकिएको छ । यस अघि ६ लाख ५९ हजार ९ सय रुपैयाँ थियो ।

यस्तै, केटीएम ३९० ड्युकको ८ लाख ७९ हजार ९ सय रुपैयाँ मूल्य तोकेको छ। यस अघि ८ ला ४९ हजार ९ सय रहेको थियो ।

केटीएम २०० ड्युक एबीएस र आरसी २०० को मूल्यमा ५ हजार रुपैयाँले वृद्धि गरिएको छ । यी बाइकको मूल्य क्रमशः ५ लाख ४४ हजार ९ सय र ६ लाख १९ हजार ९ सय रुपैयाँ छ ।


३ चैत २०७७, मंगलवार १६:३५ बजे प्रकाशित

Dhangadi Corona

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु