punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

काँग्रेस सरकारको नेतृत्व गर्न तयार छ : सह–महामन्त्री महत

Chaupati
safha napa

नेपाली काँग्रेसका सह–महामन्त्री प्रकाशशरण महतले माओबादी केन्द्र र जनता समाजबादी पार्टी (जसपा)को समर्थनमा नेपाली काँग्रेस सरकारको नेतृत्व गर्न तयार रहेको बताएका छन् ।

प्रेस युनियन कैलालीद्वारा सोमबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता महतले आवश्यक परे काँग्रेसले सरकारको नेतृत्व गर्ने बताए । उनले नेतृत्व लिन काँग्रेस नभाग्ने बताए ।

‘नेपाली काँग्रेसले स्वभाविक रुपमा सरकारको नेतृत्व लिनुपर्छ,’ उनले भने, ‘तर अस्वाभाविक र अप्राकृतिक शर्तहरु मानेर नेतृत्व जान भने तयार छैनौं ।’

वर्तमान सरकारबाट लोकतान्त्रिक मूल्य र मान्यता मजबुत हुने अवस्था नदेखिएको बताउँदैन उनले भने, ‘सबै कुरा मिल्यो र नेतृत्व लिनैपर्ने अवस्था आयो भने काँग्रेस पछि हट्दैन ।’ उनले काँग्रेस अन्य दलको नेतृत्वमा सरकारमा नजानेसमेत बताए । कांग्रेस अझै पनि केही समय हेर र पर्खको अवस्थामा रहको बताउँदै उनले अरुको नेतृत्वमा सरकारमा नजाने बताए।

त्यस्तै उनले नेपाली कांग्रेस आमनिर्वाचन केन्द्रित भएको बताएका छन्। आफूहरुको मूल लक्ष्य आमनिर्वाचन भएपनि अबको अल्पकालीन अवस्थामा संसदको अंक गणितको अवस्था हेरेर अगाडि बढ्ने उनको भनाई छ ।


२ चैत २०७७, सोमवार १७:३४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु