जबरजस्ती करणीबाट १३ वर्षीया बालिका गर्भवती, युवक पक्राउ
स्याङजामा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्।
जिल्लाको हरिनाश गाउँपालिका–७ अर्गली बस्ने ३३ वर्षीय भेलबहादुर थापालाई प्रहरीले पक्राउ गरेको हो ।
थापाले ती बालिकालाई कात्तिक १२ गते साँझ जबरजस्ती करणी गरी गर्भवती समेत बनाएको जाहेरी परेपछि जिल्ला प्रहरी कार्यालय स्याङजाबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।
२ चैत २०७७, सोमवार १६:५० बजे प्रकाशित































