punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अत्तरिया चोक मर्मतको लागि टेण्डर आह्वान

Chaupati
safha napa

कैलालीको गोदावरी नगरपालिकामा अवस्थित अत्तरिया चोकको मर्मत हुने भएको छ।

सडक डिभिजन कार्यालय महेन्द्रनगरका अनुसार सडकमा परेका खाल्डाखुल्डीका कारण अस्तव्यस्त बनेको उक्त चोकको मर्मतका लागि टेण्डर आह्वान भएको छ।

कालोपत्रे फुटेपछि सुख्खा मौषममा धुलाम्मे तथा वर्षतामा हिलाम्मे हुने उक्त चोक मर्मतका लागि २ करोड स्टमेट गरेर टेण्डर आह्वान गरिएको सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी इन्जिनियर लक्ष्मणदत्त जोशीले जानकारी गराए।

वैशाख पहिलो हप्तादेखि उक्त क्षेत्रमा काम सुरु हुने उनले बताए । चोकको मर्मतको काम चालु आर्थिक वर्ष भित्रै सम्पन हुने समेत सूचना अधिकारी जोशीले जानकारी गराए ।


२ चैत २०७७, सोमवार १६:०७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु