कैलालीमा झण्डै ४ लाख मूल्य बराबरको अवैध सामान बरामद
कैलालीमा झण्डै ४ लाख मूल्य बराबरको अवैध सामान सशस्त्र प्रहरी बलले बरामद गरेको छ।
जिल्लाका विभिन्न सीमा नाकाबाट अवैध भारतबाट भित्र्याइएका ३ लाख ८५ हजार ३ सय ७५ बराबरका लत्ताकपडा, मोटरसाइकल, ईलोक्ट्रोनिक सामान सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वाटरको टोलीले बरामद गरेको हो।
यस्तैगरी ९० हजार बराबरको माछाको भुरा समेत बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वाटरले जनाएको छ। बरामद सामान आवश्यक कारवाहीका लागि कैलाली भन्सार कार्यालय र सत्ति भन्सार कैलालीमा बुझाइएको र माछामा भुरा नष्ट गरिएको प्रहरीले जानएको छ।
२ चैत २०७७, सोमवार १५:५८ बजे प्रकाशित































