सुचीले भ्रष्टाचार गरेको सेनाको आरोप
म्यानमारको सेनाले अपदस्थ प्रजातन्त्रवादी नेतृ आङ सान सुचीमाथि भ्रष्टाचारको आरोप लगाएको छ। नेसनल लिग फर डेमोक्रेसी (एनएलडींं )को सरकारमा रहँदा उनले भ्रष्टाचार गरेको सेनाले आरोप लगाएको हो।
ब्रिगेडियर जनरल जा मिन तुनले बिहीबार पत्रकार सम्मेलनका क्रममा सरकारमा रहँदा अवैध तरिकाले सु चीले केही सुन र ६ लाख अमेरिकी डलर (६ करोडभन्दा रुपैयाँ बढी).
स्वीकार गरेको बताए। म्यानमारको सेनाद्वारा सूकीमाथि लगाएका यो अहिलेसम्मको सबैभन्दा गम्भीर आरोप हो ।
‘सेनाले चुनावी अनियमितताबारे आफ्नो रिपोर्ट पठाएको थियो तर म्यानमारका राष्ट्रपतिले चुनाव आयोगसँग यसबारे कुनै पनि कारवाही नगर्ने बताएको थियो,’ तुनले भने। यद्यपि, उनले कुनै पनि प्रकारको प्रमाण भने पेश गरेनन् । एजेन्सीको सहयोगबाट
२७ फागुन २०७७, बिहीवार १८:२१ बजे प्रकाशित































