पार्टीको नाम फेर्दै प्रचण्ड, यस्ता छन् प्रस्तावित नाम
नेकपा माओवादी केन्द्रको नाम फेर्न छलफल सुरू भएको बताइएको छ ।
एमालेसँग पार्टी एकतापछि नेकपा बनेपनि सर्वोच्चले माओवादी केन्द्रबै ब्यूँताइदिएपछि प्रचण्ड पार्टीको नाम फेर्न लागेका हुन् ।
बुधबार सम्पन्न स्थायी कमिटी बैठकमा पार्टीको नाम परिवर्तन गर्ने विषयमा छलफल भएको, तर औपचारिक निर्णय नभएको स्थायी कमिटी सदस्य जनार्दन शर्माले बताए ।
नेता नारायणकाजी श्रेष्ठले नाम परिवर्तनका लागि विभिन्न नाम प्रस्ताव गरिएको बताए । नेता श्रेष्ठले भने, ‘पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी वा नेपाल कम्युनिस्ट पार्टीका पछाडि कुनै उपयुक्त फुर्को राख्ने प्रस्ताव गरेका छौँ ।’
बैठकमा प्रचण्डले पनि पार्टीको नाम फेर्न विभिन्न पक्षबाट सुझाव आएको बताउँदै उपयुक्त समयमा नाम फेर्ने कुरा बैठकमा राखेको बताइएको छ ।
२८ फागुन २०७७, शुक्रवार ०८:४५ बजे प्रकाशित































