punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिमसहित तीन प्रदेशमा मौसम बदली

Chaupati
safha napa

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो देशका पहाडी भू–l आंशिक देखि सामान्य बदली भई बाँकी भू–भागहरूमा आंशिक बदली रहने छ । अपरान्हपश्चात देशका पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जन र चट्टयाङसहित वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार आज राती देशका पहाडी भू–भागहरुमा आंशिक बदली भई बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहने छ । देशका पहाडी भू–भागका एकरदुई स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टा देशका पहाडी भू–भागहरुमा आंशिक देखि सामान्य बदली भई अपरान्हपश्चात देशका पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जनरचट्टयाङ सहित वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।


२६ फागुन २०७७, बुधवार ०८:४१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु