punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

लोकसेवाले माग्यो ठूलो संख्यामा कर्मचारी (विज्ञापनसहित)

Chaupati
safha napa

लोक सेवा आयोगले ठूलो संख्यामा कर्मचारी माग गर्दै विज्ञापन खोलेको छ ।

आयोगले खरिदार पदका लागि न्याय, प्रशासन र व्यवस्थापिका सेवाको न्याय, सरकारी वकिल, सामान्य प्रशासन र लेखा समूहतर्फ आन्तरिक, खुल्ला र समावेशी गरि ठूलो संख्यामा खरिदार पदमा दरखास्त आह्वान गरेको हो।

दरखास्त दिने अन्तिम मिति चैत्र १७ गतेसम्म रहेको छ भने दोब्बर दस्तुर तिरेर चैत्र २४ गतेसम्म फाराम भर्न सकिने आयोगले जनाएको छ।

१८ वर्ष उमेर पुरा भई ३५ वर्ष ननाघेको र महिला तथा अपांगता भएका उम्मेदवारहरुको हकमा ४० वर्ष ननाघेको हुनुपर्ने छ।

वहालवाला स्थायी निजामती हकमा भने उमेरको हद नलाग्ने आयोगले जनाएको छ।

प्रत्येक विज्ञापनका लागि दरखास्त दस्तुर रु तीन सय बुझाउनु पर्ने छ। समावेशी समूह तर्फका थप विज्ञापनमा आवेदन दिने उम्मेदवारको हकमा थप समूह प्रत्येकका लागि रु। एक सय पचास थप दस्तुर बुझाउनु पर्ने आयोगले जनाएको छ।

साथै उम्मेदवारले छनौट गरेको सेवारसमूहको क्लष्टरका आधारमा एक भन्दा बढी क्लष्टर प्रत्येकका लागि थप रु एक सय पचास का दरले परीक्षा दस्तुर बुझाउनु पर्नेछ।

परीक्षा मिति पछि प्रकाशित गरिने आयोगले जनाएको छ। 


२६ फागुन २०७७, बुधवार १०:०२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु