punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पार्टी फुटाएर प्रधानमन्त्री बन्ने रणनीतिमा नेता नेपाल

Chaupati
safha napa

सर्वोच्च अदालतको फैसलापछि अप्ठ्यारोमा परेका पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल नयाँ रणनीतिका साथ अगाडि बढ्ने तयारीमा जुटेका छन् ।

फैसलाले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताएपछि आन्तरिक छलफल गरेका नेता नेपालले पार्टी फुटाउने रणनीति अपनाएका हुन् । त्यसका लागि उनले हिजो राति पनि अबेरसम्म परामर्श गरेका थिए।

नेपाललाई प्रधानमन्त्री बन्नका लागि प्रस्तावहरु आएपछि उनी उत्साही भएको बुझिएको छ । हिजोसम्म निराश भएका नेपाल आज एकाएक उत्साही भएका हुन् ।

अहिले नेपालसँग ४० जना सांसद छन् । नेकपा एमालेको १२१ सांसदमध्ये पार्टी विभाजन गर्न उनीसँग पर्याप्त सांसद छैनन । ४८ सांसदको आवश्यकता पर्ने भएपछि नेपाल त्यसका लागि सक्रिय भएका छन् ।

उनीसँग अपुग ८ सांसद पुर्याउन कसरत पनि भइरहेको बताइएको छ । नेपालले विगतमा पनि दुई निर्वाचन क्षेत्रबाट चुनाव हार्दा प्रधानमन्त्री बन्ने मौका पाएका थिए ।


२४ फागुन २०७७, सोमवार १५:५३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु