punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नेपाल रेडक्रस सोसाइटी धनगढी शाखाले ५०औं स्वर्ण जयन्ती मनाउने

Chaupati
safha napa

नेपाल रेडक्रस सोसाइटी धनगढी शाखाले आफ्नो स्थापना दिवसको अवसरमा ५०औं स्वर्ण जयन्ती मनाउने भएको छ । यही फागुन २६ गते स्वण जयन्ती समारोह मनाउने सोमबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको छ ।

५० औ स्वर्ण जयन्तीको अवसरमा रेडक्रसका जन्मदाता जँ हेनरी ड्युनाको अद्र्धकदको शालिकको अनावरण समेत गरिने नेपाल रेडक्रस सोसाइटी धनगढी शाखाका मन्त्री लोकराज जोशीले बताए । स्वर्ण जयन्तीका दिन विशान प्रभात फेरी गरेर सम्मानको कार्यक्रमसमेत गरिने उनले जानकारी दिए ।

नेपाल रेडक्रसको स्थापना भएको करिब सात वर्षपछि कैलाली जिल्लामा २०२७ साल फागुन २६ गते सो शाखाको स्थापना भएको हो । नेपाल रेडक्रस सोसाइटी स्थापनाकाल २०२० देखि नै बिभिन्न मानवीय सेवामूलक कार्यहरु सञ्चालन गर्दै आइरहेको छ ।

५० औ स्वर्ण जयन्ती समारोहमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री, मन्त्रीहरु, प्रदेश सांसदहरुलगायतको उपस्थिति रहने नेपाल रेडक्रस सोसाइटी धनगढीले जनाएको छ ।


२४ फागुन २०७७, सोमवार १७:०६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु