आज सुनको मूल्य बढ्यो
आइतबार सुन मूल्य प्रतितोला ८ सयले बढेको छ। शुक्रबार ८८ हजार २ सयमा कारोबार भएको सुन आज ८९ हजारमा पुगेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले बढेर १३ सय ३० रुपैयाँमा कायम रहेको छ। शुक्रबार चाँदी १३ सय ५ रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुन १७ सय ८४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
९ फागुन २०७७, आइतवार ११:३० बजे प्रकाशित































