डडेल्धुरामा एक पुरुषको कंकाल भेटियो
डडेल्धुरामा एक पुरुषको कंकाल भेटिएको छ। सोमबार जिल्लाको परशुराम नगरपालिका–७ चिउराखान भिरमा पुरुषको कंकाल भेटिएको हो।
इलाका प्रहरी कार्यालय जोगबुढाका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले कुच्चो काट्न जंगलमा गएका स्थानीयले कंकाल भेटिएको जानकारी गराउदै कंकाल फेला परेको सूचनापछि प्रहरी टोली गएर घटनाबारे अनुसन्धान गरेको जानकारी गराए।
अहिले कंकालको लिंग मात्रै खुलेको छ। लगभग २ महिना पहिलेको शवबारे बुझ्न खुट्टाको हड्डी विधि विज्ञान प्रयोगशालामा पठाइएको प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले जानकारी गराए।
हाल नाम, थर, वतन नखुलेका उक्त पुरुषको कंकाल व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ।
४ फागुन २०७७, मंगलवार १४:२२ बजे प्रकाशित































