पुर्वीचौकीमा चमेनागृह र दुई कोठे पक्की भवनको उद्घाटन

डोटीको पूर्वीचौकी गाउँपालिकाले सरस्वती पूजाको अवसरमा चमेना गृह र दुई कोठे पक्की भवनको उद्घाट्न गरेको छ ।
मंगलबार पालीकाको वडा नं. ४ सानागाउँ स्थित सरस्वती माध्यमिक विद्यालयको दुई कोठे भवन र चमेना गृहको उद्घाटन गाउपालीकाका अध्यक्ष दिर्घराज बोगटीले गरेका हुन
पालिकाको ४० लाख लगानीमा चमेना गृह र १६ लाख लगानीमा दुई कोठे भवनको निर्माण सम्पन्न भएको अध्यक्ष बोगटीले बताए ।
विद्यालयमा शैक्षिक वर्ष २०७५ देखि प्राबिधिक शिक्षा तर्फको सिभिल इन्जिनियरिङ पठन पाठन थालिएको थियो । विध्यालयमा पहिलो वर्ष ४०, दोश्रो वर्ष २२ र चालु शैक्षिक वर्षमा २६ जना विद्यार्थीले पठनपाठन गरिरहेका छन् ।
हाल उक्त विद्यालयलाई गाउँपालिकाको प्रमूख शैक्षिक सँस्था र डोटी जिल्लाकै शैक्षिक हबको रुपमा विकास गरिने लक्ष्य रहेको अध्यक्ष बोगटीले बताए ।
४ फागुन २०७७, मंगलवार २२:५६ बजे प्रकाशित