punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बस र ट्रक एकआपसमा ठोक्किँदा १४ जनाको मृत्यु

Chaupati
safha napa

भारतको आन्ध्र प्रदेशमा बस र ट्रक एकआपसमा ठोक्किँदा १४ जनाको मृत्यु भएको छ । दुर्घटना कर्नुल जिल्लाको मदरपुर गाउँमा बिहान ४ बजेतिर भएको हो ।

दुर्घटनामा आठ महिला, चालकसहित पाँच पुरुष र एक बच्चाको मृत्यु भएको भारतीय पत्रिका दैनिक भास्करले उल्लेख गरेको छ । यी सबै चित्तुर जिल्लाको मदनपल्ले भन्ने स्थानबाट अजमेर तीर्थयात्रामा जाँदै थिए ।

दुर्घटनामा परी ४ जना घाइते भएका छन् । तीमध्ये दुईको अवस्था गम्भीर छ । बस गलत साइडमा चल्न पुग्दा अगाडि रहेको ट्रकसँग ठोक्किएको हो ।


२ फागुन २०७७, आइतवार ११:५० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु