साताको पहिलो दिन सामान्य घट्यो सुनको मूल्य
बजारमा सुनको मूल्य आज पनि घटेको छ । सुन आज तोलामा एक सय रुपैयाँ घट्दै प्रतितोला ९० हजार आठ सय रुपैयाँमा झरेको छ ।
सुन हिजो प्रतितोला ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आज सुनको मूल्य घटेपनि चाँदीको मूल्य भने बढेको छ । चाँदी आज तोलामा १५ रुपैयाँ बढ्दै प्रतितोला एक हजार तीन सय ३५ मा पुगेको छ । चाँदी हिजो प्रतितोला एक हजार तीन सय २५ रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।
२ फागुन २०७७, आइतवार ११:३६ बजे प्रकाशित













