कञ्चनपुरमा भट्टको हत्यारालाई कारवाहीको माग गर्दै बिरोध प्रदर्शन

बैतडीकी किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरिएको भन्दै हत्यारालाई कारवाहीको दायरामा ल्याउन र समाजमा शान्ति सुरक्षा कायम गर्न माग गर्दै आज (सोमवार) बिहान विद्यार्थीले कञ्चनपुरमा बिरोध प्रदर्शन गरेका छन् ।

घटनाका दोषी पत्ता लगाएर कारवाहीको दायरामा ल्याउन माग गर्दै यहाँको बालजागृति कलेजका विद्यार्थीले बिरोध प्रदर्शन गरेका हुन् । विद्यालयबाट घर फर्किरहेकी किशोरी भट्टको हत्यापछि त्यसको सर्वत्र विरोध भइरहेको छ ।


२६ माघ २०७७, सोमवार १२:१३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु