सुनको मूल्य बढ्यो, कति पुग्यो ?

बजारमा आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँ बढ्दै प्रतितोला ९० हजार ६ सय पुगेको छ ।

सुन गएको शुक्रबारदेखि प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँ बढ्दै प्रतितोला एक हजार तीन सय १० पुगेको छ । चाँदी शुक्रबार प्रतितोला एक हजार दुई सय ९० रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।


२५ माघ २०७७, आइतवार ११:२६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु