punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भागरथी हत्याका दोषीलाई कार्वाही गर्न काँग्रेस संसदीय दलको माग

Chaupati
safha napa

सुदूरपश्चिम प्रदेश नेपाली काँग्रेस संसदीय दलले भागरथी भट्टको हत्याको सत्यतथ्य पत्ता लगाएर दोषीलाई कारबाहीको माग गरेको छ ।

दलको कार्यालयले विज्ञप्ती जारी गर्दै भट्टको घटनामा संलग्न दोषीलाई पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेको हो ।

दलको कार्यालयले जारी गरेको विज्ञप्तीमा भनिएको छ –‘ कञ्चनपुर, महेन्द्रनगरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार तथा हत्या घटना भएको दुई वर्ष बढी भइसक्यो, तर नेकपाको नालायक संघीय तथा प्रदेश सरकारले अझैंसम्म पनि हत्या घटनाका दोषिहरुलाई पक्राउ गर्न सकेको छैन । भट्टको हत्या घटनामा संलग्न अपराधीहरुलाई छिटोभन्दा छिटो पक्राउ गरी कानूनी कारबाहीको दायरामा ल्याउन सरकारसंग जोडदार माग गर्दछौं ।’

दलका नेता रणबहादुर रावलद्धारा जारी विज्ञप्तीमा मृतक किशोरी भागरथीप्रति श्रद्धान्जली र शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरिएको छ । दलका नेता रावलले पीडितका परिवारलाई उचित क्षतिपूर्तिका लागि पनि माग गरेका छन ।

बैतडीको दोगडाकेदार गाँउपालिका वडा नम्बर ७ चडेपानीका १७ वर्षीया भागरथी भट्टको बलात्कार पछि गरिएको निर्मम हत्या गरिएको थियो ।


२५ माघ २०७७, आइतवार १२:४४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु