punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आमहड्ताल : देशभर तोडफोड र आगजनी, ९३ जना पक्राउ

Chaupati
safha napa

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले गरेको आमहड्तालमा देशभर विभिन्न स्थानमा तोडफोड र आगजनीका घटना भएका छन् ।

सवारीसाधनमाथि आगजनी तथा तोडफोडका घटनाहरु भएका हुन् । काठमाडौँको गोंगबुमा एक ट्याक्सीमाथि आगजनी भएको छ । कुम्भ नारायण श्रेष्ठको प्रदेश ३–०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजनी भएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी अशोक सिंहले दुई अज्ञात व्यक्तिले रोकिरहेको ट्याक्सीमा आगजनी गरेर भागेको जानकारी दिए ।

तोडफोड र आगजनीमा सङ्गलग्नमध्ये हालसम्म ९३ जना बन्दकर्ता पक्राउ परेका छन् । प्रहरीका अनुसार काठमाडौँबाट ७६, भक्तपुरबाट १ तथा तनहुँबाट १६ जना पक्राउ परेका हुन् ।


२२ माघ २०७७, बिहीवार ११:०९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु