तोलामा ९ सय रुपैयाँ घट्यो सुनको मूल्य
नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा ९ सय रुपैयाँ घट्दै प्रतितोला ९१ हजार १ सयमा झरेको छ ।
सुन हिजो प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँ घट्दै प्रतितोला एक हजार तीन सयमा झरेको छ । चाँदी हिजो प्रतितोला एक हजार तीन सय २० रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।
२२ माघ २०७७, बिहीवार १०:५२ बजे प्रकाशित































