नेकपा प्रचण्ड–नेपाल समूहद्वारा भोलि आम हड्ताल घोषणा
नेकपा प्रचण्ड–माधव समूहले भोलि बिहीबार आम हड्ताल गर्ने घोषणा गरेको छ ।
संवैधानिक निकायहरुमा जबरजस्ती नियुक्ति गरिएको भन्दै प्रचण्ड–माधव समूहले पूर्वनिर्धारित आन्दोलनको कार्यक्रम परिमार्जित गर्दै आम हड्ताल गर्ने निर्णय गरेको हो ।
यसबाहेक थप संघर्षका कार्यक्रम घोषणा गर्ने तयारी भइरहेको संघर्ष समितिकी सहसंयोजक पम्फा भुसालले जानकारी दिएकी छन् । भुसालले आम हड्तालमा विद्यालय, कलकारखाना, सार्वजनिक क्षेत्र र यातायात पनि ठप्प पारिने बताइन्। उनकाअनुसार परीक्षा भने सञ्चालन गर्न दिइने छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनविरुद्ध प्रचण्ड–नेपाल समूह यसअघि देखिनै आन्दोलनमा छ ।
२१ माघ २०७७, बुधवार १४:५७ बजे प्रकाशित































