punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भारतीय जंगलबाट नेपाली युवतीको उद्दार, दुई युवक पक्राउ

Chaupati
safha napa

कञ्चनपुरको दोधाराचाँदनी नगरपालिकासँगै जोडिएको भारतीय जंगलबाट नेपाली युवतीको उद्दार गरिएको छ ।

दोधाराचाँदनी हुँदै अवैध बाटो भएर भारतीय जंगलमा अलपत्र छाडिएकी युवतीको शान्ति पुनस्र्थापना गृहले उद्दार गरेको हो । महेन्द्रनगर बसपार्कबाट सवारी ओसारपसार गर्ने मुन्द्रेहरुको सहयोगमा अवैध बाटोबाट भारत पुर्याइएकी धादिङ्गको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर २ कि १८ वर्षीया युवतीलाई कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका वडा नम्बर १ तिननाला नजिकै भारतीय जंगलमा लगि अलपत्र अवस्थामा छाडेको अवस्थामा उद्दार गरिको दोधाराचाँदनीकी परामर्शदाता रेखा भण्डारी पुजाराले जानकारी दिइन् ।

त्यस्तै, सशस्त्र प्रहरीको बोडरआउट पोष्ट बयलबन्दाबाट सशस्त्र प्रहरी नायव निरीक्षक तेज सिंह भण्डारीको कमाण्डमा खटिएको सीमा गस्ती टोलीले कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका वडा नम्बर १ पशुपतीटोल नजिकै गढीगोठ स्थित अबैध सीमा नाकाबाट चेलीबेटी बेचबिखनको आशंकामा थप दुई जना युवकहरुलाई नियन्त्रणमा लिएको छ ।

गोरखा जिल्लाको गण्डकी गाउँपालिका वडा नम्बर ०२ बस्ने २८ र ४० वर्षीय दुई जना युवकहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानका लागि शान्ति पुनस्र्थापना गृह दोधाराचाँदनीको जिम्मा लगाइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वार्टर शैलेश्वरी कञ्चनपुरका सशस्त्र प्रहरी उपरीक्षक बिरेन्द्र बहादुर ऐरले बताए ।

उद्दार गरिएकी युवतीलाई शान्ति पुनस्र्थापना गृह महेन्द्रनगरमा राखी अभिभावकलाई समेत टेलिफोन सम्पर्क गरी बोलाइएको र दुई जना युवकहरुलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दोधाराचाँदनीको जिम्मा लगाइएको शान्ति पुनस्र्थापना गृह महेन्द्रनगर कञ्चनपुरका जिल्ला संयोजक सञ्जीत सिंहले बताए।


२१ माघ २०७७, बुधवार १५:१५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु