punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रगितिशिल सामुदायिक वनको ५औं वार्षिक साधारणसभा सम्पन्न

Chaupati
safha napa

कैलालीको कैलारी गाउँपालिका वडा नम्बर २ स्थित प्रगितिशिल सामुदायिक वनले आफ्नो ५औं वार्षिक साधारण सभा तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन गरेको छ ।

सो अवसरमा आर्थिक आयब्यय प्रतिवेदन सार्वजनिक गनुका साथै उपभोक्ता समूहमा रहेका जेष्ठ नागरिक, लामो समयदेखि समुदायमा सामाजिक अगुवाको रुपमा काम गरेका ब्यक्ति र आर्थिक अवस्था कमजोर, दलित, अपाङगता तथा असाय विद्यार्थी लाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

९३ जना उपभोक्ता रहेको सामुदायिक वनले न्यु हिमालय क्लबलाई पनि खेलकुद सामाग्री सहयोग गरेको सामुदायिक वनका अध्यक्ष नविन कुमार बोहराले जानकारी दिए । कार्यक्रममा प्रमुख अतिथि सव डिभिजन वन कार्यालय उदासिपुर कैलालीका परेस्टर जयराज जोशी रहेका थिए ।

कार्यक्रममा बोल्दै उनले सामुदायिक वनको सुरक्षा तथा सम्बद्र्धनका लागि समुदायले खेलेको भुमिका महत्वपुर्ण रहेको बताए । उनले केही सामुदायिक वनले मात्रै उल्लेख्य मात्रामा उदाहरणीय काम गरेको बताए । कार्यक्रमका विशिष्ट अतिथि सामुदायिक वन समन्वय समितिका अध्यक्ष ओमप्रकाश सापकोटाले सामुदायिक वनको कामप्रति खुलेर प्रसंसा गरेका छन् । उनले सामुदायिक वनले आर्थिक अवस्था कमजोर भएका नागरिकको आर्थिक अवस्थामा सुधार ल्याउँदै आएको भन्दै खुशी व्यक्त गरे ।

राष्ट्रिय वनहरु समुदायलाई हस्तान्त्रण भएपछि पहिले भन्दा अहिले वन विनासको क्रम केहि रोकिएको उनले दाबी गरे । साथै उनले सापकोटो वन सम्बन्धी स्पष्ट नीति नभएका कारण अहिले पनि सामुदायिक वनहरुले सोचे अनुसार काम गर्ने नसकेको स्वीकार गरेका छन् ।

कार्यक्रमा शिव शक्ति सामुदायिक वन रामपुराका अध्यक्ष मनिराज शर्मा, भीमबहादुर बोहराले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा गौरी गणेश सामुदायिक वन वनौलीका राम कृष्ण चौधरी, लाल मटिया कुकुर भुकाका अध्यक्ष रामबहादुर विक लगायतको सहभागिता रहेको थियो ।


२० माघ २०७७, मंगलवार १८:३३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु