पहिरो खस्दा महाकाली नदी थुनियो, सचेत रहन प्रशासनको आग्रह
दार्चुलाको माल्पा भन्ने स्थानमा ठूलो पहिरो खस्न गई महाकाली नदी थुनिएको छ । थुनिएको नदी कुनैपनि बेला फुट्नसक्ने भएकाले सचेत रहन जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आग्रह गरेको छ ।
प्रशासन कार्यालयले अत्यन्त जरुरी सूचना भन्दै जनतालाई सतर्कता अपनाउन सूचित गराएको हो ।
‘कुनै पनि बेला नदीमा जम्मा भएको पानी फुट्न सक्ने सम्भावना रहेको भन्ने जानकारी आएकोले महाकाली नदी नजिक भएका र सो क्षेत्रमा काम गर्ने सबैलाई सचेत रही आवश्यक सतर्कता अपनाउन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको व्यहोरा अनुरोध छ,’ सूचनामा उल्लेख छ ।

२० माघ २०७७, मंगलवार १८:३६ बजे प्रकाशित































