punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

गायिका अञ्जु पन्त बिहे गर्दै, यी हुन् हुनेवाला पति

Chaupati
safha napa

गायिका अञ्जु पन्तले आफू विवाह बन्धनमा बाँधिन लागेको खुलासा गरेकी छन् । उनले आफू थीर कोइरालासँग विवाह गर्न लागेको बताएकी हुन् ।

उनकाअनुसार मितिबाहेक बिहेका लागि तयारी भइसकेको छ । आजभन्दा ६ वर्षअघि थीर र अञ्जु पन्तको पहिलो भेट नेपाल टेलिभिजनको एउटा कार्यक्रममा भएको थियो। त्यसबेला थीर नेपाल टेलिभिजनमा ‘सर्वाङ्गिण संवाद’ कार्यक्रम चलाउँथे।

लामो समयको प्रेम सम्बन्धपछि उनीहरु केही महिनामै वैवाहिक बन्धनमा बाँधिने भएका हुन्। काठमाडौंअघि इटहरी बस्दै आएका थीर ‘इटहरी साप्ताहिक’का पूर्वसम्पादक हुन्।


२० माघ २०७७, मंगलवार १५:२२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु