कुटपिटको आरोपमा सुस्माले दिइन् स्वेताकी बहिनी आरती र उत्सवविरुद्ध उजुरी
नायिका सुस्मा कार्कीले कुटपिट र गालीगलौजको आरोपमा नायिका स्वेता खड्काकी बहिनी आरती खड्का र रंग पत्रकार उत्सव रसाइलीविरुद्ध उजुरी दर्ता दिएकी छन् ।
सुस्माले उनीहरुविरुद्ध महानगरीय प्रहरी वृत्त दरबारमार्गमा उजुरी दिएकी हुन् । प्रहरी वृत्तले पनि उजुरीबारे पुष्टि गरेको छ ।
सोमबार राति दरबारमार्गको लण्डन पबमा उनीहरुबीच झगडा भएको थियो । सो पबमा आफूमाथि आरति र उत्सवले गाली गलौज र कुटपिट गरेको भन्दै उनले उजुरी दिएकी वृत्तका प्रहरीले क्यानडानेपाललाई जानकारी दिएको छ । प्रहरीले घटनाबारे दुबै पक्षलाई बोलाएर छलफल गर्ने जनाएको छ ।
२० माघ २०७७, मंगलवार १५:५१ बजे प्रकाशित































