punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिम स्पोर्टस अवार्डको सेक्युरिटी पार्टनरमा गुरुकुल

Chaupati
safha napa

धनगढीमा हुने दोस्रो सुदूरपश्चिम स्पोर्टस अवार्डको सेक्युरिटी पार्टनरमा गुरुकुल सेक्युरिटी भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले आयोजना गर्ने स्पोर्टस अवार्डको लागि धनगढीमा रहेको गुरुकुल सेक्युरिटीले सेक्युरिटी पार्टनरको रुपमा साथ दिएको हो ।

गुरुकुल सेक्युरिटीका सञ्चालक प्रकाश चन्द र नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका सदस्य गगन अयडीले सम्झौता पत्रमा हस्ताक्षर गरे । चन्द नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ कैलालीका अध्यक्ष समेत रहेका छन् । उनले लामो समयदेखि धनगढी सेक्युरिटी सेवा प्रदान गर्दै आएका छन् । अवार्डको समयको सम्पूर्ण सुरक्षाको जिम्मा गुरुकुल सेक्युरिटीको हुने भएको छ ।

नेपाल खेलुकद पत्रकार मञ्च कैलालीले अघिल्लो वर्षदेखि सुदूरपश्चिम स्पोर्टस अवार्डको आयोजना गर्दै आएको छ । चैत ६ गते आयोजना हुने अवार्डको दोस्रो संस्करणमा २०७६ सालभर उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल भएका खेलाडी र प्रशिक्षक गरी विभिन्न ९ विधामा अवार्ड दिइने छ ।

अवार्ड दिईने सात वटा विधा प्रायोजन भइसकेको छ । अवार्ड अन्तर्गतको वर्ष खेलाडी पुरुषलाई नवजीवन अस्पताल, वर्ष महिला खेलाडीलाई नोभा अस्पताल, बर्ष युवा खेलाडीलाई निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर, सुदूरपश्चिम आईकन पुरुष विधालाई माया मेट्रो हस्पिटल, सुदूरपश्चिम आईकन महिला विधालाई तिवारी मेडिसिन डिष्ट्रिव्युटर्स, लाईफटाईम अचिभमेन्ट अवार्डलाई सारथी अस्पताल र स्पेशल अवार्डलाई न्यु सिटी पोलिक्लिनिकले प्रायोजन गरेका छन् ।

सुदूरपश्चिम स्पोर्ट्स अवार्डको दोस्रो संस्करणमा धनगढी उप–महानगरपालिका प्रबद्र्धकको रुपमा रहेको छ । ओम प्यालेस भेनु पार्टनरको रुपमा रहेको छ । अन्य प्रायोजकहरु र विधा प्रायोजकहरुको खोजी भईरहेको आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ ।
उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक र पिपल्स च्वाइस अवार्ड गरी चार विधाका विजेतालाई नगद ३० हजार सहित ट्रफी मेडल र प्रमाणपत्र, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाईफ टाइम एचिभमेन्ट अवार्डका विजेताहरूलाई नगद २५ हजार सहित ट्रफी मेडल र प्रमाण पत्र दिइनेछ ।

यस्तै सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजार सहित ट्रफी मेडल र प्रमाणपत्रका साथै विभिन्न विधाका विजेतालाई गिफ्ट ह्याम्पर प्रदान गरिने आयोजकले जनाएको छ । अवार्ड कार्यक्रम डिसहोम एक्सन स्पोर्टस र धनगढीका स्थानीय संचार माध्यमबाट प्रत्यक्ष प्रसारण गरिने बताईएको छ । कार्यक्रम धनगढीको ओम प्यालेसमा आयोजना हुनेछ ।

 


२० माघ २०७७, मंगलवार १४:४८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु