punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

विप्लव समूहसँग वार्ता गर्दै सरकार, प्रतिबन्ध फुकुवा गर्ने तयारी

Chaupati
safha napa

सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित दलसँग वार्ताको प्रक्रिया अघि बढाउन तयारी थालेको छ ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीभित्र विभाजनका गतिविधि अघि बढ्दै गर्दा प्रधानमन्त्री केपी शर्मा ओली विप्लव समूहलाई शान्तिपूर्ण राजनीतिको मूल धारमा ल्याउन भन्दै वार्ताको प्रक्रिया अघि बढाउन सकारात्मक बनेका हुन् ।

प्रधानमन्त्री ओली सकारात्मक भएपछि सरकारी पक्षले विप्लव पक्षसमक्ष वार्ताको प्रयासबारे सूचना पुर्याइसकेको छ । त्यसका लागि सरकारले आफू निकट विभिन्न समूहलाई परिचालनसमेत गरेको बुझिएको छ । सरकारले छिट्टै वार्ता समिति बनाउने तयारी गरेको छ ।

नेकपाभित्र विभाजनको प्रक्रिया अघि बढ्दै गर्दा प्रधानमन्त्री ओलीले पूर्वजनमुक्ति सेनालाई समेत विश्वासमा लिन प्रयत्न गर्दै आइरहेका छन् । उनले केही दिनअघि पूर्वजनमुक्ति सेनालाई बालुवाटारमा नै बोलाएर उनीहरुका गुनासा सुनेका थिए ।

स्रोतका अनुसार सरकारले विप्लव समूहमाथि लगाएको प्रतिबन्धसमेत फुकुवाको तयारी गरिररहेको छ । सरकारले विध्वंसात्मक गतिविधिमा संलग्न रहेको भन्दै सो समूहमाथि २८ फागनु २०७५ मा प्रतिबन्ध लगाएको छ ।

सरकारले विप्लवसमक्ष सरकारी पक्षको धारणा पुर्याए पनि सो समूहले भने सरकारलाई औपचारिकरुपमा नै पहल गर्न आग्रह गरेको बताइन्छ । राजधानी दैनिकमा खबर छ ।


२० माघ २०७७, मंगलवार ०९:३३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु