उच्च पहाडी र हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
नेपालमा हाल पश्चिमी न्यून चापिय रेखाको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
देशको पहाडी भू-भागका थोरै स्थानहरुमा र तराईका अधिकांश भू-भागहरुमा हुस्सुरकुहिरो लागेको छ । बाँकी भु-भागमा मौसम सामान्यतया सफा रहेको विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आइतबार दिउँसो प्रदेश नं. १ को पहाडी भू-भागमा आंशिक बदली रहि बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भु(भागका एक/दुई स्थानहरुमा हल्का हिमपाको सम्भावना रहेको छ।
राती देशको पहाडी भू-भागमा आंशिक बदली रहि बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भु-भागका एक/दुई स्थानहरुमा हल्का हिमपाको सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ।
सोमबार दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रहि बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भु-भागका एक/दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।
राती देशको पहाडी भू-भागमा आंशिक बदली रहि बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ र गण्डकी प्रदेशको को उच्च पहाडी तथा हिमाली भु-भागका एक/दुई स्थानहरुमा हल्का हिमपाको सम्भावना रहेको छ।
मंगलबार देशको पुर्वी पहाडी भू-भागमा आंशिक बदली रहि बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ।
प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भु-भागका एक/दुई स्थानहरुमा हल्का हिमपाको सम्भावना रहेको साथै तराईका भू-भागहरुमा बिहानीपख हुस्सु्रकुहिरो लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैलाई अनुरोध गरेको छ।
१८ माघ २०७७, आइतवार ०९:०६ बजे प्रकाशित













