केपी ओली सुध्रिदैनन्, पछि नलाग्नुहोस् : माधव नेपाल
नेकपा (प्रचण्ड–नेपाल समूह)का अध्यक्ष माधव नेपालले प्रधानमन्त्री केपी ओली अब कुनैपनि हालतमा नसुध्रिने बताएका छन् । उनले पार्टी चलाउन नसकेको आरोप लगाए ।
शनिबार धनगढीमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै उनले ओलीकै कारण अहिलेको परिस्थिति सृजना भएको बताए । उनले ओलीलाई पदबाट हटाउन खोज्दानै उनले प्रतिनिधिसभा विघटन गरेको बताए ।
‘ओलीलाई सुधार्न धेरै प्रयास गरेपनि सफलता हात नलालेपछि उनलाई हटान खोजिको थियो,’ उनले भने, ‘संसदमा पनि कुरा उठ्छ र आफूलाई हटाउँछन् भनेर उनले संसदनै भंग गरे ।’
पूर्वप्रधानमन्त्रीसमेत रहेको नेता नेपालले अब ओलीको धेरै चिन्ता लिन नपर्ने बताए । ओलीलाई अब काँध थाम्न नसकिने भन्दै उनले उनका पछि लागेकाहरुलाई पनि फिर्ता हुन आग्रह गरे ।
१७ माघ २०७७, शनिवार १६:४६ बजे प्रकाशित













