आगोमा जलेर १०१ वर्षीया वृद्धाको मृत्यु
खोटाङमा आगोमा जलेर १०१ वर्षीया वृद्धाको मृत्यु भएको छ । जलेर गम्भीर घाइते भएकी खोटेहाङ गाउँपालिका–७ खोटाङबजार धनमुढाकी १०१ वर्षकी हिमादेवी अधिकारीको शुक्रबार मृत्यु भएको हो ।
गाईबस्तुलाई खोले पकाउनका लागि बालेको आगो ताप्नेक्रममा शरीरमा लगाएको कपडामा आगो लागेर गम्भीर घाइते भएकी वृद्धाको केही घण्टापछि मृत्यु भएको वडाध्यक्ष शिवप्रसाद फुयाँलले बताए ।
उनी गाउँपालिकाभरीकै सबैभन्दा ज्येष्ठ नागरिककारुपमा सम्मानित वृद्धा हुन् । बृद्ध अवस्थाका कारण बोल्न समेत नसक्ने व(द्धा स्थानीय रामप्रसाद पौडेलको घरमा बस्दै आएकी थिइन् ।
१६ माघ २०७७, शुक्रवार १७:५३ बजे प्रकाशित































