punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

देशभर ३ हजार बढीको परीक्षण गर्दा १५७ जनामा कोरोना पुष्टि

Chaupati
safha napa

नेपालमा पछिल्लो २४ घण्टामा एक सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

तीन हजार दुई सय २१ जनाको पीसीआर परीक्षण गर्दा एक सय ५७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमण हुनेको सङ्ख्या दुई लाख ७० हजार सात सय ४५ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा तीन सय ३३ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ६५ हजार ६ सय ९८ पुगेको छ ।

साथै पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट पाँच जनाको ज्यान गएको छ । योसँगै ज्यान गुमाउनेको सङ्ख्या दुई हजार २५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अहिले नेपालमा तीन हजार २२ जना सक्रिय सङ्क्रमित रहेका छन् । सक्रिय सङ्क्रमितमध्ये एक सय ४७ जना आईसीयू र २७ जना भेन्टिलेटरमा रहेका छन् ।


१६ माघ २०७७, शुक्रवार १७:३७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु