punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अमरगढीका सबै कार्यालयमा शहीद भीमदत्तको तस्बीर राखिने

Chaupati
safha napa

प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी शहीद दिवस मनाइएको छ ।

शहीद दिवसको अवसरमा अमरगढी नगरपालिका डडेल्धुराले कार्यालयमै शहीद भीमदत्त पन्तको तस्बिरमा माल्यार्पण गरि श्रद्धान्जली अर्पण गरेको छ ।

शहीदहरुको सम्मान्न गर्दै अमरगढी नगरपालिकाले आफू मातहतका सबै कार्यालयहरुमा अनिवार्य रुपमा किसान नेता शहीद भीमदत्त पन्तको तस्बिर राख्ने घोषणा गरेको अमरगढी नगरपालिकाका नगर प्रमुख विश्वेश्वरप्रसाद ओझाले बताए ।

अमरगढी नगरपालिकाको कार्यालय परिसरमै नगर प्रमुख ओझा, विभिन्न वडाका वडाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतलगायत अन्य कर्मचारीहरुले शहीद पन्तको तस्बिरमा माल्यार्पण गरि श्रद्धाञ्जली अर्पण गरेका थिए ।

ओझा नगरप्रमुखमा विजय भएसंगै किसान नेता शहीद भीमदत्त पन्तको स्मरणमा विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएका छन् । उनले शहीद भीमदत्त पन्त जन्मेको घर अमरगढी नगरपालिका वडा नं. २ कारिगाँउलाई भीमदत्त आर्दश बस्ती निर्माण गरि काम अगाडि बढाएका छन् ।


१६ माघ २०७७, शुक्रवार २१:०१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु