punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कोरोना संक्रमण : आज कसैले गुमाएनन् ज्यान

Chaupati
safha napa

कोरोना संक्रमणबाट नेपालमा पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन । यो तथ्यांक कोरोना संक्रमण दर उच्च भएयताकै शून्य हो ।

हालसम्म नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या दुई हजार २० पुगेको थियो । गएको २४ घण्टामा २१३ जनामा कोरोना संक्रमण देखिएको छ । यो अवधिमा तीन हजार ७९१ जनाको पीसीआर परीक्षण गरिएको थियो ।

योसंगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७० हजार ५८८ पुगेको छ । यस्तै, २९६ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ६५ हजार ३६५ पुगेको छ ।

हाल क्वारेन्टिनमा ११३ जना छन् भने आइसोलेसनमा तीन हजार २०३ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


१५ माघ २०७७, बिहीवार १७:४० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु